मानवसेवा आश्रम भवन निर्माणका लागि युनाइटेड क्लब पोखराद्धारा आर्थिक सहयोग प्रदान

पाेखरा | माघ २६, २०७९

मानवसेवा आश्रम भवन निर्माणका लागि युनाइटेड क्लब पोखराद्धारा आर्थिक सहयोग प्रदान

पोखरा:    मानवसेवा आश्रमको भवन निर्माणका लागि युनाइटेड क्लबले १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको  छ । कास्कीको हेम्जामा निर्माणाधिन मानवसेवा आश्रम स्थलमा आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञ स्थलमा पुगी भवन निर्माणको सहयोग स्वरुप सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उक्त रकम हस्तान्तरण गरेको हो ।


भवन निर्माण स्थलमा जारी महायज्ञमा क्लबका अध्यक्ष राजु श्रेष्ठको नेतृत्वमा पुगेको क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले महायज्ञका प्रमुख बाचक भागवत भास्कर कमलनयन गौतमलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका हुन । उक्त अवसरमा युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव दिनेश सुनार, कोषाध्यक्ष सूर्य बहादुर बानिया, सदस्यहरु जयराम आचार्य, चन्द्रा पराजुली, शिव थापा, कार्यालय सचिव रेजिना खत्री लगाएतको सहभागिता रहेको थियो ।


स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी युनाइटेड क्लब पोखराले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनको लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आइरहेको क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा सहयोग गरेको युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

युनाइटेड क्लबले सामाजिक काम संगै सामाजिक उत्तरदायित्व बहन गर्ने कामहरु गर्दै आइरहेको र जस अनुरुप कास्कीको हेम्जामा निर्माणाधिन मानव सेवा आश्रमको भवन निर्माणका लागी अन्य संघ संस्थाहरुले जसरीनै आफुहरुले सहयोग गरेको र सवैको साथ र सहयोगलेनै मानव सेवा आश्रमको भवन पूर्ण हुने वताउदै अन्य ब्याक्ति र संघ संस्थाहरुले समेत यस्तो पुण्य काममा सहयोग गर्न समेत आग्रह गरे ।


मानव सेवा आश्रममा यसअअघिपनि कास्कीको छोरेपाटन शाखामा खाद्यान्न सामाग्री वितरण गरिसकेको क्लबका महासचिव दिनेश सुनारले जानकारी दिए । आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने कामलाई निरन्तरता दिइने समेत सुनारले बताए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्